

पोखरा । वाग्मती प्रदेशले केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई १ सय ९ रनले पराजित गरेको छ ।
पोखरा रंगशालामा बिहीबार टस हारेर ब्याटिङ गरेको वाग्मतीले ७ विकेट गुमाई १ सय ८४ रन बनायो । म्यान अफ द म्याच रहेका वाग्मतीका रित गौतमले ५३ बलमा ८ चौका र ३ छक्कासहित ७४ रनको महत्त्वपूर्ण इनिङस खेले । उनी २० औं ओभरको अन्तिम बलमा रनआउट भए ।
अर्का ओपनर शुभ कंसाकारले २२ बलमा ४ चौका र १ छक्कासहित २७ रन बनाए । प्रतिश जिसी ९ र कप्तान सन्दीप लामिछाने १८ रनमा आउट भए । सन्दीपले ३ छक्का प्रहार गरे । गौरव खड्काले अविजित १७ रन बनाए । प्रतीक श्रेष्ठ १४ रन बनाएका प्रतीक श्रेष्ठ भने सन्तोष यादवको बलमा आउट भए । आयोजकका विपर्सन केसीले ३ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । सन्देश थापा र सन्तोष यादवले १–१ विकेट लिए ।
१ सय ८५ रनको लक्ष्य पछ्याएको आयोजक टिम १४.२ ओभरमा ७५ रनमा अलआउट भयो । विपक्षीलाई सस्तैमा समेट्न सन्दीपले १६ रन खर्चेर ४ विकेट लिए । सुवास खत्रीले १६ रन दिई ३ विकेट लिएका थिए । कप्तान अमर मिश्र र विजय प्रजापतिले १३–१३ रन, सन्तोष यादवले १२ र निर्मल थापाले १० रन जोडे ।
आयोजक एकेडेमीका कप्तान अमर मिश्रले टिमले हार भोगे पनि सोचेभन्दा धेरै राम्रो खेलेको बताए । ‘अझै फिल्डिङ र ब्याटिङमा कमी कमजोरी भयो, आउने खेलमा सुधार्छौं,’ उनले भने, ‘तयारी राम्रो भएको थियो तर अनुभवको कमी भयो । अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरूसँग खेल्न पाउँदा धेरै कुरा सिक्न पाइयो ।’ प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमीका संरक्षक केपी शर्मा ओलीले गरेका थिए । मंसिर १५ सम्म चल्ने प्रतियोगितामा १२ टोली छन् ।
विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले ३० हजार, उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार, हरेक खेलमा प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछन् ।
शुक्रबार कर्णाली र वाग्मती प्रदेश तथा गण्डकी र एपीएफ क्लब प्रतिस्पर्धा गर्नेछन् ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७