

काठमाडौँ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले हमासले बन्धक बनाएका मध्ये १३ जना शुक्रबार दिउँसो ३ बजे रिहाई हुने जनाएको छ । रिहाई हुनेको नाम सार्वजनिक गरिएको छैन । कतारका अनुसार इजरायल र हमासबीचको युद्धविराम शुक्रबार बिहान ७ बजेबाट हुनेछ । चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाई गर्ने सहमति भएको छ ।
त्यसवापत् इजरायलले आफ्नो जेलमा रहेको १५० जना प्यालेस्टेनीलाई रिहाई गर्नेछ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले दोहामा आयोजित पत्रकार सम्मेलनमा रिहाई हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको बताए । ‘विशुद्ध मानवीयताको आधारमा महिला र बालबालिकालाई प्राथमिकता दिइएको हो । उनीहरुलाई जतिसक्दो छिटो सुरक्षित रुपमा बाहिर निकाल्नु छ’, उनले भने,‘एउटै परिवारका बन्धकहरूलाई एउटै समूहभित्र सँगै राखिनेछ ।’ उनले रिहाई हुनेको नामवाली तयार गरिरहेको बताए ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७