TRENDING

हिमपातको सम्भावना

काठमाडौ । आज कोशी प्रदेशलगायत देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागको मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति ​कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।