TRENDING

‘सातौं मण्डली कप २०८०’ उपाधि निस्दीले जित्यो

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–१, सिलुवामा आयोजित ‘सातौं मण्डली कप–२०८०’ को उपाधि निस्दी खेलकुद विकास समिति पाल्पाले हात पारेको छ ।

क्लबस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३–२ सेटले पछि पार्दै उपाधि जितेको हो । फाइनलमा निस्दी खेलकुद विकास समितिले दोस्रो, तेस्रो र पाँचौ सेट २५–१८ र २५–२३, पाँचौँ १५–११ ले जित्दै मणिमुकुन्दलाई पछि पारेको हो ।

पहिलो र चौथो सेट जितेको मणिमुकुन्दले २७–२५ र २५–१८ अंक सहित जित हात पारेसँगै खेल बराबरीमा पुगेको थियो । पहिलो भएको निस्दी खेलकुद विकास समितिले १ लाख १२ हजार २ सय ३३ रुपैयाँ नगद पुरस्कार पाएको छ । यससँगै मणिमुकुन्दले द्वितीय स्थानमा चित्त बुझाउँदै ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाएको छ ।

प्रतियोगितामा आयोजक मण्डली स्पोर्टस् क्लबलाई पछि पार्दै जीएम समाज कावासोती पूर्व नवलपरासी तेस्रो भयो । पहिलो र तेस्रो सेट मण्डली स्पोर्टसले २५–१५ र २६–२१ सहित हात पारेको थियो । दोस्रो, चौथो र पाँचौं सेट २६–२४, २५–२१ र१५–६ अंकसहित जित निकालेको हो । तेस्रो हुनेले २५ हजार ५ सय ५५ रुपैयाँ नगद पाए ।