

काठमाण्डौ । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको कोरला नाका चार वर्षपछि खुुलेको छ ।
हिजो नेपाल र भारतका प्रतिनिधिहरुको उपस्थितिमा नाका पुनः खोलिएको हो । कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चीनले लोमान्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई एक लाख किलो खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वुु गुुरुङले जानकारी दिनुभयो ।
लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रका आधारमा आवतजावत गर्न थालेका मुुस्ताङका प्रमुुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुुभयो ।
प्रधानमन्त्री पुुष्पकमल दाहाल ९प्रचण्ड०को असोज पहिलो हप्ता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो । कोरोना महामारी फैलिएपछि २०७६ सालदेखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो ।
त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । अब भने नाका नियमित खुल्ला रहनेछ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको छ ।
सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरूले नेपाली भूमिको प्रयोग गरेर विद्रोह गरेका थिए । विद्रोहका कारण २०३२ सालदेखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो । २०५९ सालदेखि चीनले तारबार गरेर मेलाका बेला नाका खोल्दै आएको थियो ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७