

काठमाण्डौ । तिहार मनाउँदै गर्दा खानपानमा पनि ध्यान दिन पोषणविद्ले सुझाव दिएका छन् ।
तिहारमा चिल्लो र गुलियो रोटीसँगै बजारमा पाइने विभिन्न प्रकारका मिठाईको उपभोग धेरै हुन्छ । बजारमा पाइने अनेकौँ किसिमका मिठाईमा मिसावट गरिएको तेल वा घ्युबाट बनाइएको हुने भएकाले स्वास्थ्यको ख्याल गरेर मात्र खान पोषणविद् कला नेपालको सुझाव छ । यस्ता मिठाईको प्रयोग सकेसम्म कम गर्न उहाँले आग्रह गर्नुभएको छ ।
चाडपर्वको बेला खानपिन अलि धेरै नै हुने हुनाले अरु बेलाको भन्दा बढी झोल पदार्थ र फलफूल, सलाद पनि खान उहाँको आग्रह छ । उहाँका अनुसार शरीरको आवश्यकताका अनुसार मात्रा मिलाएर मात्र खानेकुरा खानुपर्छ । चाडपर्वमा शारीरिक सक्रियतामा कमी हुने र धेरै खाने भएकाले अपचको समस्या समेत बढ्न सक्छ ।
खानपानमा ध्यान नदिएको अवस्थामा शरीरको तौल बढ्ने, अपच हुने, कोलेस्ट्रोल बढ्ने समस्या हुन्छ । यस्तै, मधुमेहका बिरामीको सुगर लेभल बढ्ने, रक्तचापको समस्या बढ्ने लगायत समस्या आउन सक्ने पोषणविद् कला नेपालले बताउनुभयो ।
विचारबाट थप समाचार
अन्नपूर्णले पोतेको खुसीका रङ
ट्रम्पले युएसआईडीको फन्ड काटेर जगाइदिएको राष्ट्रवाद
बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय ः प्रधानमन्त्री
नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने मन्त्रिपरिषद्को निर्णय
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७