TRENDING

डिजल पेट्रोलको विकल्प हाइड्रोजन

काठमाडौं । विश्वविद्यालयले भित्र्यालयको हाइड्रोजन कारको इन्जिन ।

डिजल पेट्रोलजस्ता खनिज तेलबाट उत्पादित ऊर्जाका कारण विश्वव्यापीरुपमा कार्बन उत्सर्जनमा वृद्धि भइरहेको छ । जसका कारण वायु प्रदूषणसहित जलवायु परिवर्तन र तापमानमा समेत वृद्धि हुँदै गएको छ । यहीकारण आज विश्वभर जलवायु परिवर्तनको असर देखापरिसकेको छ ।

नेपालको हकमा मुलुकको कुल ऊर्जा खपतको लगभग ३०।९५ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ । आयातित पेटोलियम पदार्थका कारण भारतसँगको परनिर्भरता बढेको छ । मुलुकको व्यापार घाटा बढ्नुको मुख्य कारक आयातित पेट्रोलियम पदार्थ रहेको छ । नेपाल सरकारले कूल निर्यात भन्दा बढी रकम पेट्रोलियम पदार्थको आयातमा खर्चदै आएको छ ।