TRENDING

संघीय सरकारले आलटाल प्रदेश सरकारलाई अधिकार दिन

काठमाडौं । संविधानसभाले २०७२ सालमा जारी गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीअन्तर्गत दुईवटा निर्वाचन भए । तीन तहकै सरकारले पहिलो पाँच वर्षे कार्यकाल पूरा मात्रै गरेका छैनन्, दोस्रो कार्याकालको पनि एक वर्ष गुर्जान लागे । तर, संविधानअनुसार कैयन विषयमा राज्ज शक्तिको बाँडफाँट गर्ने गरी कानुन बन्न सकेका छैनन् ।

संविधानको धारा ५७ ले संघ, प्रदेश र स्थानीय तहमा राज्य शक्ति वाँडफाँट गरेको छ । संघ, प्रदेश र स्थानीय तहको एकल अधिकार र साझा अधिकार संविधानको अनुसूचीमा छ । जस अनुसार संघको ३५ वटा विषयमा एकल अधिकार, प्रदेशको २१ वटा एकल अधिकार, स्थानीय तहको २२ वटा एकल अधिकार, संघ र प्रदेशले २५ वटा साझा अधिकार र संघ, प्रदेश र स्थानीय तहले १५ वटा साझा अधिकार प्रयोग गर्न पाउँछन् वा सक्दछन् ।