TRENDING

विश्व कप क्रिकेटमा आज अस्ट्रेलिया र बङ्लादेश तथा पाकिस्तान र इङ्ल्यान्ड खेल्दै

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा अस्ट्रेलिया र बङ्लादेश पुणेमा नेपाली समयअनुसार बिहान पौने ११ बजे खेल्दैछन् ।

अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । उसले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएको छ । यो खेलको नतिजाले अस्ट्रेलियालाई कुनै फरक पर्नेछैन । तर बङ्लादेशका लागि सन् २०२५ को च्याम्पियन्स ट्रफीमा छनोट हुन यो खेलमा जित आवश्यक छ । बङ्लादेश आठौँ स्थानमा छ ।

आज हुने अर्को खेलमा दिउँसो सवा दुई बजे पाकिस्तान र इङ्ल्यान्ड खेल्दैछन् । यो खेल इडेन गार्डेनमा हुनेछ । पाकिस्तानलाई सेमिफाइनलमा पुग्न ठूलो अन्तरको जितको आवश्यक छ । अङ्कतालिकामा सातौँ स्थानमा रहेको इङ्ल्यान्ड सेमिफाइनल होडबाट बाहिरिसकेको छ ।

आजको खेल हारे पनि च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना छ । विश्व कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा भोलि घरेलु टोली भारत र नेदरल्यान्डस् खेल्नेछन् ।