

काठमाडौँ । एसियाली बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपालमा जलविद्युत्लगायत क्षेत्रमा लगानी गर्न अर्थमन्त्री प्रकाशशरण महतले आग्रह गरेका छन् । सरकारले जलविद्युत्, साना तथा घरेलु उद्योग, कृषि, पर्यटनलगायत क्षेत्रको लगानी विस्तारलाई प्राथमिकतामा राखेकाले ती क्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई सरकारले पूर्ण रूपमा सहयोग गर्ने उनको भनाइ छ ।
जलविद्युत्मा लगानी गर्न एसियाली बैंकलाई आग्रह
नेपाल बैंकर्स संघले काठमाडौंमा आयोजना गरेको एसियन बैंकर्स एसोसिएसनको ३९औं ‘जनरल मिटिङ एन्ड कन्फ्रेन्समा’ बिहीबार अर्थमन्त्री महतले जलविद्युत्, साना उद्योग, कृषि, पयर्टनलगायत क्षेत्रमा लगानी बढाउने उद्देश्यले सरकारले नीतिगत व्यवस्था गरिरहेकाले ती क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुने जनाए । शुक्रबारसम्म चल्ने सम्मेलनमा १८ देशका ६३ जना बैंकरको सहभागिता छ । कान्तिपुर दैनिकबाट
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७