

काठमाण्डौ । चीन सरकारले नेपाललाई झन्डै ३० करोड रुपैयाँ बराबरको राहत र सहायता सामग्री हस्तान्तरण गरेको छ । जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सङले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।
आज बुधवार बिहान चिनियाँ सेनाका दुई वटा कार्गो जहाज राहत सामग्री लिएर पोखरा विमानस्थलमा अवतरण भएका थिए । राहत सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुवै देश एकअर्काको दुःखमा साथमा रहेको भन्दै मन्त्री श्रेष्ठले यो द्रुत सहयोगले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझ प्रमाणित गरेको बताउनुभयो ।
यस्तै राजदूत सङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालको दुःखमा चीनले मलम लगाउने प्रयास गरेको बताउनुभयो ।
चीनबाट आज चार हजार छ सय वटा कम्बल र छ सय वटा टेन्ट आएका छन् । यसअघि रसुवागढी नाका हुँदै २३ वटा ट्रकमा १० करोड रुपैयाँ बराबरका राहत सामग्री आएका थिए ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७