TRENDING
होमपेज
करेन्ट लागेर दुईजनाको मृत्यु


काठमाडौ । झापाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एकै दिन दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो मंगलबार दिउँसो दमक नगरपालिका–३ स्थित खोल्सीमा निर्माण भइरहेको पूलमा काम गर्ने मजदूर भोजपुर नगरपालिका–११ का ४५ वर्षीय चंखबहादुर सार्कीको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको छ ।
हिजो नै कनकाई नगरपालिका–३ मा घरमा टिनको छाना लगाउने क्रममा कनकाई–६ का ३६ वर्षीय रामकुमार श्रेष्ठले बोकेको रडले बिजुलीको तारमा छोएपछि करेन्ट लाग्दा श्रेष्ठको मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका सार्कीको उर्लाबारीस्थित अरनिको अस्पतालमा र श्रेष्ठको बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७