TRENDING

धुर्मुस – सुन्तली फाउन्डेसनले अलपत्र छोडेको गौमत बुद्ध रंगशाला वाग्मती प्रदेश सरकारले बनाउने

मकवानपुर । धुर्मुस – सुन्तली फाउन्डेसनले निर्माण गर्न नसकेपछि अलपत्र अवस्थामा छोडेको चितवनस्थित गौतम बुद्ध त्रिकेट रंगशाला बनाउनका लागि वाग्मती प्रदेश सरकारको लगानी गर्ने भएको छ ।

मंगलबार हेटौंडामा प्रदेश सरकार र भरतपुर महानगरपालिका बिच भएको बैठकमा रंगशाला निर्माणका लागि आवश्यक लगानी गर्ने सहमति भएको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित महानगरको मेयर रेणु दाहालको उपस्थितिमा भएको निर्णय अनुसार रंगशाला निर्माणका लागि प्रदेशले ७० र महानगरले ३० प्रतिशत लगानी गर्ने भएको हो ।
बैठकले यसअघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने र केही दिनभित्र ठेक्का आव्हान गरी रंगशाला निर्माणको काम अघि बढाउने सहमति भएको हो ।

महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्ताव अनुसार काम सुरु गरिने छ । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय जनाएको छ । यस कार्यका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्नेछ ।