TRENDING

सुनचाँदीको भाउ आज घट्यो

काठमाण्डौ । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १५ हजार रुपैयाँ तोकिएको छ।

यस्तै, चाँदी आज तोलामा एक हजार चार सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।