

काठमाडौ । संयुक्त राष्ट्र सङ्घले आउँदो वर्ष दक्षिण सुडानमा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घीय निकाय विश्व खाद्य कार्यक्रमले विज्ञप्ति निकालेर सन् २०२४ मा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणबाट पीडित हुने अनुमान गरेको बताएको हो ।
सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता विश्वको सबैभन्दा नयाँ देश दक्षिण सुडानले घातक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै आएको छ । देशका केही भागमा बर्सेनि बाढी आउने क्रम बढ्दै जाँदा जलमग्न क्षेत्रका बासिन्दाले खाना पाउनसमेत समस्या भोग्नुपरेको छ ।
गएको वर्ष बाढीले जमिनको ठूलो भाग डुबाएको रुबकोना काउन्टीका सबैजसो मानिस विस्थापित भएका छन् । विश्व खाद्य कार्यक्रमले दक्षिण सुडानमा आएको बाढी र त्यसपछिको अवस्था जलवायु परिवर्तनका कारण प्रत्यक्ष भोगिएको ठूलो समस्या रहेको बताएको छ ।
दक्षिण सुडानका झण्डै ७६ प्रतिशत मानिसलाई मानवीय सहायता चाहिने संयुक्त राष्ट्र सङ्घको भनाइ छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७