

काठमाण्डौ । सरकारले विभिन्न समयमा नेपाली क्रिकेट टोलीले खेल जित्दा घोषणा गरेको पुरस्कार निकासा गरेको छ । तीन वटा प्रतियोगिताको पूर्व घोषित एक करोड ५७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिनुभएको छ ।
गएको वैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी १९ वर्षमुनिको पुरुष विश्व कप एसिया क्षेत्र छनोटको उपाधि र एसिया क्लालिफायरका लागि ४६ लाख तथा आईसीसी विश्वकप लिग–२ का लागि ३२ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार निकासा भएको सदस्य–सचिव घिसिङले बताउनुभयो ।
नेपाल आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्व कपमा पनि छनोट भएको छ । हिजो भएको टी–२० विश्व प एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएर १० वर्षपछि टी–२० विश्व कपमा छनोट भएको हो ।
नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप खेले पनि त्यसपछि छनोट हुन सकेको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोली टी–२० विश्व कप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिनुभएको छ ।
उहाँले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारकोतर्फबाट उच्च सम्मान व्यक्त गर्नुभयो ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७