TRENDING
होमपेज
भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म भ्वाइस र एसएमएस सेवा निःशुल्क गर्ने टेलिकमको घोषणा


काठमाण्डौ । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र, जाजरकोट, रुकुम पूर्व र रुकुम पश्चिममा पाँच दिनसम्म भ्वाइस तथा एसएमएस सेवा निःशुल्क दिने घोषणा गरेको छ । नेपाल टेलिकमले आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा चालू राख्ने र सूचना आदान–प्रदानलाई निरन्तरता दिन आफ्ना सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस र एसएमएस सेवा दिने घोषणा गरेको हो ।
यस्तै, प्रभावित क्षेत्रमा निःशुल्क सिमकार्ड उपलब्ध गराउने र नयाँ सिममा पनि निसशुल्क भ्वाइस र एसएमएस सेवा दिने पनि टेलिकमले जनाएको छ । टेलिकमले भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमासम्पूर्ण सेवाहरु चालू नै रहेको जानकारी पनि दिएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७