TRENDING

नेपालमा ग्रिड बमोजिमका आयोजनामा लगानी विस्तार गर्न दातृ निकाय सहमत

काठमाडौं । नेपालमा हरित, उत्थानशील र समावेशी विकास ग्रिड बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरूको कार्यान्वयनमा नेपाललाई सहयोग गर्न दातृ निकाय सहमत भएका छन् । ती परियोजनामा वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवम् विस्तार गर्न नेपाल सरकार र १६ वटा विकास साझेदार निकाय सहमत भएको विश्व बैंकले जनाएको छ ।

विश्व बैंक र अन्य विकास साझेदारहरूको सहकार्यमा अर्थ मन्त्रालयद्वारा बिहीबार आयोजित उच्चस्तरीय कार्यक्रममा नेपालको ग्रिड रणनीतिक कार्ययोजना कार्यान्वयन गर्ने सम्बन्धमा एक संयुक्त बक्तव्यलाई अनुमोदन गरिएको छ ।

कार्यक्रममा सरकार, विकास साझेदार, नागरिक समाज संगठन, निजी क्षेत्रका सरोकारवाला र प्रवुद्ध वर्ग समेत नेपालका ग्रिड प्राथमिकताहरूमा हुने वित्तीय लगानी र कार्यान्वयनलाई निरन्तरता दिन संस्थागत एवम् क्षेत्रगत तहमा रहेर काम गर्ने पुनः प्रतिबद्धता व्यक्त गरे ।