TRENDING

सर्वोत्तम सिमेन्टको आईपीओ मंसिर ६ गतेदेखि निष्कासन गरिने

काठमाडौ । बुक बिल्डिङ्ग विधिमार्फत पहिलो पटक सर्वोत्तम सिमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रूपैयाँको १२ दशमलव ९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता आईपीओ विक्री गर्न लागेकोे हो ।

कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत दरको २४ लाख कित्ता आईपीओ योग्य संस्थागत लगानीकर्ताहरूमा विक्री गर्न लागिएको हो । यो शेयरको विक्री मूल्य सीमा प्रतिकित्ता ४०१ रूपैयाँदेखि ६०१ रूपैयाँ ५० पैसा तोकिएको छ ।

तोकिएको मूल्यमा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले सञ्चालन गर्ने बोलकबोल प्रक्रियाबाट योग्य संस्थागत लगानीकर्तामा यी शेयर बोलकबोल मार्फत विक्री गर्न लागिएको हो । योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्री पछि सर्वसाधारणमा ६० प्रतिशत आईपीओ विक्रीका लागि कम्पनीले पुनः आवेदन दिनेछ । योग्य संस्थागत लगानीकर्ताहरूले मंसिर १० गतेसम्म बोलकबोल पेश गर्न सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ । योग्य संस्थागत लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।