

काठमाडौ । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को चालु अधिवेशन गएराति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नुभएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा उहाँले अधिवेशन अन्त्य गर्नुभएको हो । यो अधिवेशनमा संसद्ले चालु वर्षको वार्षिक बजेट पारित गरेको थियो । ६ महिना चलेको सङ्घीय संसद्को अधिवेशनमा बजेटका तीन नियमितबाहेक एक मात्र विधेयक दुवै सदनबाट पारित भएको छ ।
गएको वैशाख २४ गतेदेखि शुरु भएको अधिवेशनमा दुवै सदनबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक ९मिटरब्याजी० पारित भयो । यस्तै, विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पारित भएका छन् ।
सङ्घीय संसद्का दुवै सदनमा गरी २१ विधेयक अझै विचाराधीन छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गएको मङ्गलवार सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको थियो ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७