TRENDING

१९३ कम्पनीको सेयर मूल्य घट्दा ३८ को मात्रै बढ्यो

काठमाडौ। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा १९३ कम्पनीको मूल्य घट्दा जम्मा ३८ कम्पनीको मात्रै बढेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १४.२९ अंक घटेर १८६४.४० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि घटेको छ । सोमबार ६९ करोड ४२ लाख रुपैयाँको धितोपत्र कारोबार भएकोमा मंगलबार ५७ करोड १४ लाख रुपैयाँमा खुम्चियो ।

बजारका सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ ८, विकास बैंक ३१, फाइनान्स १३, होटल तथा पर्यटन २५, जलविद्युत् १५, जीवन बीमा १४३, उत्पादन ३१, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा ५८, अन्य ३ र ब्यापार उपसमूह ८ अंक घटे ।

माहुली लघुवित्तको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । हाथवे इन्भेस्टमेन्टको ३.४, सीवाईसी लघुवित्तको ३.४, किसान लघुवित्तको २.७ र सबैको लघुवित्तको २.७ प्रतिशत मूल्य बढ्यो ।