

काठमाडौं । घरेलु मैदानमा सोमबारदेखि सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियासँग खेल्दा सेमिफाइनलतर्फ पनि नजर हुनेछ । नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
आजै समूह ‘ए’अन्तर्गत ओमान र सिंगापुरबीच बिहान ९ बजे खेल सुरु हुनेछ । यदि ओमान र नेपाल दुवै विजयी भएमा समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।
यस्तै नेपालको नजर जितका साथै नेट रनरेटमा पनि हुनेछ । ८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी(२० विश्वकपमा छनोट हुने प्रावधान छ ।
त्यसैले अहिले नेपाली टोली ९ वर्षपछि फेरि टी-२० विश्वकपमा पुग्ने एक मात्र लक्ष्यका साथ खेलिरहेको छ ।
मंगलबार कुल चार खेल हुनेछ । ओमान र सिंगापुरबीचको खेल टीयू मैदानमै बिहान ९ बजे सुरु हुनेछ । यस्तै समूह ‘बी’अन्तर्गत बहराइन र हङकङबीचको खेल मुलपानी मैदानमा बिहान ९ बजे सुरु हुनेछ । मुलपानी मैदानमै यूएई र कुवेतबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।
लय कायम राख्ने र दीपेन्द्रको रिप्लेसमेन्ट खोज्ने चुनौती
सिंगापुरलाई पहिलो खेलमा ८ विकेटले हराउँदा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे भने ब्याटिङमा कुशल भुर्तेलको अर्धशतक र आसिफ शेखसँगको साझेदारी महत्वपूर्ण थियो ।
कुशल र आसिफले ८४ रनको साझेदारी गरेपछि नेपालले १४६ रनको लक्ष्य २१ बल अगाडि पूरा गरेको थियो ।
पहिलो खेलमा प्राप्त जितको लयलाई नेपालले निरन्तरता दिन चाहन्छ । मलेसियाले पहिलो खेलमा ओमानलाई टक्कर दिएको थियो तर १५४ रनको लक्ष्य पछ्याउने क्रममा ३२ रनले पराजित भएको थियो ।
मलेसियाका युवा अलारउण्डर विरनदिप सिंह लयमा छन् र नेपालमा पनि फ्रेन्चाइज लिगलगायत अन्य प्रतियोगिता खेलिसकेका छन् । उनले पहिलो खेलमा ओमानविरुद्ध ३ विकेट लिनुका साथै अविजिते ५७ रनसमेत बनाएका थिए ।
पछिल्लो पटक नेपालले लगातार मलेसियालाई हराउँदै आएकोले आजको खेलमा पनि सोही लय कायम राख्दै जित निकाल्ने नेपालको योजना छ ।
तर मलेसियाविरुद्ध पछिल्लो भेटमा शतक प्रहार गर्दै अलराउण्ड प्रदर्शन गरेका दीपेन्द्र सिंह ऐरी भने आज खेल्ने छैनन् ।
सिंगापुरविरुद्ध पहिलो रोजाइँमा रहेपनि खेलअघि वार्म अफ गर्ने क्रममा घाइते भएपछि उनले खेल नै गुमाएका थिए । उनको एंकलमा चोट लागेको छ ।
उनले विश्वकप छनोटका बाँकी खेलहरु गुमाउने सम्भावना छ । नेपालले गत वर्ष मलेसियालाई ८५ रनले हराउँदा दीपेन्द्रले क्याटिङमा अविजित ११० रन बनाएका थिए भने बलिङमा २ विकेट लिनुका साथै एक क्याचसमेत लिएका थिए ।
मलेसिया परिचित प्रतिद्वन्द्वी भए पनि टी(२० खेल भएकोले कुनै टिमलाई कमजोर आँक्न नहुने क्रिकेटर शरद भेषावकर बताउँछन् । उनले मलेसियाको खेलाडीहरु पनि नेपालमा आएर फ्रेन्चाइज लिग खेलेकोले एक अर्काबारे जानकार रहेको बताए ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७