

काठमाडौ । प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणका क्रममा इजरायलमा ज्यान गुमाएका थप दुई जना नेपालीको शव पहिचान भएको छ । तेलअभिभमा रहेको नेपाली राजदूतावासले प्रेस विज्ञप्ति निकालेर थप २ जना विद्यार्थीको शवको पहिचान भएको जनाएको हो । योसहित ज्यान गुमाउने दश जनाकै पहिचान खुलेको छ ।
राजदूतावासका अनुसार हिजो सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको हो । यसअघि ८ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको थियो । राजदूतावासले पहिचान भएका शवहरू छिट्टै पठाउने व्यवस्था मिलाउने पनि जनाएको छ ।
यसअघि पहिचान भएका डोटीका राजन फुलरा, पदम थापा र सल्यानका प्रवेश भण्डारीको शव आउन बाँकी रहेको छ।
यसअघि राजदूतावासले बझाङमा गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट र लोकेन्द्रसिंह धामी, कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपानेको शव पठाइसकेको छ । त्यस्तै, सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी जारी रहेको पनि राजदूतावासले जनाएको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७