TRENDING
होमपेज
शेयर बजार ३ अङ्कले बढ्यो, ६९ करोड ४२ लाख रुपैयाँको कारोबार
काठमाण्डौ । हिजो आइतवार २८ अङ्कले घटेको शेयर बजार आज सोमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य चार अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० विन्दुमा पुगेको छ ।
आज होटल, उत्पादन र म्युचल फन्डबाहेक सबै समूहको शेयर सामान्य उकालो लागेको छ । सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशत र मन्दाकिनी हाइड्रोको शेयर झन्डै छ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
बजार सामान्य बढेको दिन २८ लाख २४ हजार कित्ता शेयर ६९ करोड ४२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साधना लघुवित्तको प्रमोटर शेयर तीन करोड ६० लाख रुपैयाँमा किनबेच भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेष्ठ ३, २०८१
सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो
बैशाख ३०, २०८१
शेयर बजार ८ अङ्कले बढ्यो, ३ अर्ब १५ करोड रुपैयाँको कारोबार
बैशाख ३०, २०८१
तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ
बैशाख २०, २०८१
प्रभु केबुलकारले आईपीओ जारी गर्ने
बैशाख १३, २०८१
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ७४ रनले पराजित
जेष्ठ ६, २०८१
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
जेष्ठ ६, २०८१
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
जेष्ठ ६, २०८१
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
जेष्ठ ४, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८