

काठमाण्डौ । दशैँको मुख्य दिन नजिकिएसँगै काठमाण्डौ उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख जनाले उपत्यका छाडेका छन् ।
आज शुक्रवार बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक गाडीमार्फत पछिल्लो २४ घण्टामा एक लाख जना बाहिरिएका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । योसँगै घटस्थापनापछि आजसम्म चार लाख ६६ हजार जना दशैँ मनाउन काठमाण्डौ उपत्यका छाडेर गएका उहाँले बताउनुभयो ।
घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने मानिसको सङ्ख्या बढ्न शुरु भएकोमा पछिल्लो तीन दिनदेखि अत्यधिकरूपमा बढेको भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७