

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आजको मौसम आंशिक बदली हुने अनुमान गरिएको छ ।
केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार आज र भोलि पानी पर्ने सम्भावना छैन । तर, पर्सि भने पश्चिमी क्षेत्रका केही ठाउँमा वर्षाको अनुमान गरिएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा पर्सि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभावका कारण यी प्रदेशका केही ठाउँमा पानी पर्ने अनुमान गरिएको हो ।
यसैबीच, मौसमविद्ले दशैँमा मौसम सफा हुने अनुमान गरेका छन् । पहाडी क्षेत्रका एकरदुई ठाउँमा बदली र हल्का वर्षा भए पनि सामान्यतया मौसम राम्रो रहने मौसमविद्ले बताएका छन् ।
भोलि फूलपातिदेखि विजयादशमीको दिनसम्मको मौसम अवस्था बारे आज मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकाल्दै छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७