

दशैं सुरु भइसकेको छ । आफन्त, साथीभाइसँग भेटघाट गर्ने, मीठा–मीठा खानेकुरा खाने चाड हो दशैं । दशैंको खानपिन भन्नेबित्तिकै मासुका परिकारको कुरा आइहाल्छ ।
मासुबिना दशैं अधुरो मानिन्छ । तर दशैंमा धेरै मासु खाँदा अपचको समस्या भई स्वास्थ्यमा समस्या समेत आउन सक्छ ।
किन हुन्छ समस्या
एउटा काम नसक्दै अर्को काम थुपार्दा त्यसलाई सम्पन्न गर्न गाह्रो हुन्छ । त्यस्तै दशैंको बेला धेरै मासु खाँदा पेट र कलेजोमा त्यस्तै भार पर्छ । किनकि बिहान खाएको खाना नपच्दै पेटमा अर्को खानेकुरा पुग्दा पाचन प्रक्रियामा समस्या भइरहेको हुन्छ । मासुमा उच्च प्रोटिन हुने भएकाले पेट र कलेजोले राम्रोसँग काम गर्न सक्दैन । जसकारण अपच भएर झाडापखाला लाग्न सक्छ ।
कलेजोको काम खानालाई पचाउने हो । अन्य खानेकुराभन्दा मासु पचाउन समय लाग्छ, किनकि यो प्रोटिनको मुख्य स्रोत हो । दशैंको बेलामा मासु अत्यधिक मात्रामा जसले गर्दा कलेजोले मासुलाई पचाउन सकेको हुँदैन । त्यसमाथि रक्सीसँग मासु थप खाइरहेका हुन्छन् । यसले रक्सी र मासु दुवैलाई पचाउन कलेजोले जोडतोडका साथ कलेजोले काम गरेको हुन्छ । त्यस्तै सजिलो गरी बुझ्दा मासु पच्न समय लाग्ने होइन, बोसो पच्न समय लाग्ने हो । कार्बोहाइड्रेट, फाइबरयुक्त खाना खाएको केही घण्टामा पच्ने गर्छ भने मासुमा भएको बोसो पचाउन कलेजोबाट एउटा छुटै पित्त सानो आन्द्रामा आएपछि मात्र पच्छ ।
यति गर्दा पनि मासु नपचेर शरीरमा बोसो जम्मा हुँदै जान्छ । यसबाट मोटोपन, उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, पेट गडबडी हुने र मलद्वारको समस्या कब्जियतलगायत समस्या निम्त्याउने सम्भावना हुन्छ । यसलाई हेलचेक्र्याइँ गरेमा अल्सर र मुटुरोगको जोखिम हुन्छ ।
कसरी पकाएको मासु पचाउन सजिलो हुन्छ
तेल, मरमसला कम राखेर कुकरमा पकाएको मासु पचाउन सजिलो हुन्छ । तर दशैंमा मासु यसरी झोल बनाएर वा नरम बनाएर भन्दा पनि पोलेर, तारेर, फ्राइ गरेर धेरै खाने चलन छ । पोलेर फ्राइ गरेर खाँदा मासु राम्रोसँग नपाकेको पनि हुन सक्छ । पोलेको मासुको भित्री भाग राम्रोसँग नपाक्न चपाउन गाह्रो हुने हुन्छ । जसले गर्दा आमाशयमा ठूलो टुक्रा मासु भएपछि पचाउन ढिलो हुन्छ ।
मासुको टुक्रा स–साना बनाएर सुपजस्तै गरी पकाएर खाएमा झनै पचाउन सजिलो हुन्छ । मासु पकाएर भन्दा उसिनेर खानु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । किनकि उसिनेको मासुमा बोसो कम हुने र तेल, मसलासमेत कम हुने हुँदा शरीरलाई बेफाइलदा गर्दैन । त्यस्तै मासुका साथै फाइबरयुक्त खानेकुरा पनि मिलाएर खाएमा लाभदायक हुन्छ ।
मासु बालबालिका र वृद्धवृद्धाले पाचनप्रक्रिया कमजोर हुने भएकाले उनीहरुले मासुजन्य परिकार कम सेवन गर्दा उपयुक्त हुन्छ । धेरै खाएमा नपचेर कब्जियत, पेट गडबडी हुने र मलद्वारमा समेत समस्या हुन सक्छ ।
कलेजोका बिरामी विशेषगरी मदिरा, बोसोयुक्त र चिल्लो खानाकै कारण कलेजोमा समस्या निम्तिने हो । चाडबाडको समयमा खानामा ध्यान नदिंदा कलेजो बिग्रिन सक्छ । मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ, यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पार्दै जान्छ ।
मासुको छनोट
मासुका पनि विभिन्न प्रकार हुन्छन् । कलिलो, कडा, हड्डी धेरै भएको, बोसो धेरै भएको हुन्छ मासु । कलिलो खसी, बोका वा राँगाको मासु पचाउन अलि सजिलो हुन्छ भने कडा, रेसादार, रातो मासु पच्न धेरै समय लाग्छ । यसबाहेक रातो मासुभन्दा बरु कुखुराको मासु, माछा खानु राम्रो हुन्छ ।
विचारबाट थप समाचार
अन्नपूर्णले पोतेको खुसीका रङ
ट्रम्पले युएसआईडीको फन्ड काटेर जगाइदिएको राष्ट्रवाद
बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय ः प्रधानमन्त्री
नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने मन्त्रिपरिषद्को निर्णय
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७