

काठमाडौ । प्याराग्लाइडिङले पोखराको पर्यटन उद्योगमा कहिलेकाहीँ आउने संकटमा भरथेग गर्दै आएको थियो। तर अन्तर्राष्ट्रिय विमानस्थल चलेपछि हवाई क्षेत्रभित्र पर्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले सराङकोटबाट प्याराग्लाइडिङ उड्न रोक लगाएको छ। पर्यटन व्यवसायीहरू चिन्तित बनेका छन्।
प्याराग्लाइडिङ गर्ने साहसी पर्यटकले प्याराग्लाइडिङ व्यवसाय मात्र धान्ने होइनन् होटल, रेस्टुरेन्ट, नाइट क्लब, यातायात लगायत विविध क्षेत्रमा योगदान गर्छन्।
२०७२ सालमा आएको विनाशकारी भूकम्पका बेला नेपालमा रहेका पर्यटक आफ्नो उद्देश्य पूरा नगरी स्वदेश फर्किन बाध्य भएका थिए। पर्यटन पूर्वाधारहरू जोखिममा परेका थिए। भूकम्पपछि पनि लामै समय पर्यटन व्यवसाय सुस्तायो।
नेपाल हवाई खेलकुद संस्था ना का महासचिव खेमराज आचार्यका अनुसार त्यो संकटको समयमा पनि प्याराग्लाइडिङले पोखराको पर्यटन उद्योग धानेको थियो। प्याराग्लाइडिङ गर्नेमा नेपाली र विदेशी दुवै थिए।
‘भूकम्पपछि धेरै चिनियाँ पर्यटक प्याराग्लाइडिङ गर्न पोखरा आए। नेपाली र अन्य देशका पर्यटक पनि आए,’ उनले भने, ‘प्याराग्लाइडिङले भूकम्पका बेला पनि पोखरा चलायमान बनायो।’
पर्यटनबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
लेक लागेर मर्छन् विदेशी पर्यटक
रानीपोखरी अब सबैका लागि खुल्ला
राप्ति नदीमा गोही छाडियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७