

काठमाडौं । विवाहित महिलाको सौन्दर्य प्रतिस्पर्धा मिसेस नेपाल वर्ल्ड २०२३ का सहभागीले ट्यालेन्ट राउण्डअन्तर्गत प्रतिभा प्रस्तुत गरेका छन् । धुम्बाराहीस्थित टिभी रियाटिली शो भ्वाइस अफ नेपालको सेटमा विवाहित सुन्दरीले विभिन्न ट्यालेन्ट प्रस्तुत गरे ।
उनीहरुले नृत्य, गायन, भाषण कला, मुक्तक, अभिनयलगायतका विधामा अन्तर्निहित प्रतिभा प्रदर्शन गरे । पेजेन्ट निर्देशक निशुकान्त झाले ट्यालेन्ट शोको प्रस्तुतिअनुसार विजेता छानिने र यसको घोषणा फिनालेमा हुने बताए । फिनाले कात्तिक २२ गते प्रज्ञा प्रतिष्ठानमा हुने जनाइएको छ ।
अश्विनीकान्त झाको फेसन कोरियोग्राफीमा भएको उक्त स्पर्धामा आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मीना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुवेदी, सुस्मिता सिंह, निशा विष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुकता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेककुमारी घले, मंगली सिलवाल र सरु राणाले भाग लिए ।
विजेताले २०२४ को जनवरीमा अमेरिकाको लस भेगासमा हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले सिंगापुरमा हुने प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गर्ने भएका छन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७