

काठमाडौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सरकारले सहुलियत दिएको जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँबाट ६५० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो १२५० रुपैयाँबाट प्रतिकिलो १२२५ रुपैयाँमा कायम भएको छ । बजारमा गरेको अध्ययन र उपभोक्ताको मागलाई ध्यानमा राखेर मूल्य घटाइएको कम्पनीले जनाएको छ ।
यसैबीच पशुसेवा विभागले काठमाण्डौ उपत्यकाका ११ ठाउँमा पशु चौपायाको स्वास्थ्य परीक्षणलाई निरन्तरता दिएको छ । अहिलेसम्म २५ हजारको सङ्ख्यामा पशुचौपायाको स्वास्थ्य परीक्षण गरिसकेको विभागले जनाएको छ ।
विभागको टोलीले शुरुमा चौपायाको ज्वरो परीक्षण गर्ने, त्यसपछि आँखा पाकेको, झाडा पखाला, रेबिज वा अन्य कुनै पनि प्राणघातक रोग लागे वा नलागेको परीक्षण गर्ने र त्यसपछि रोगी देखिएका चौपायाको सिङमा रातो र निरोगीको सिङमा हरियो रङ लगाउने गरेको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७