TRENDING
होमपेज
त्रिदेशीय टी–२० शृङ्खलामा नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित


काठमाण्डौ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज बिहीवार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हरायो ।
हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले नटआउट २५ रन बनाए । बलिङतर्फ हङकङका एहसान खानले ३ विकेट लिए ।
यसअघि हिजो बुधवार भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो । अब नेपालले पर्सि शनिवार फेरि हङकङसँग र आउँदो सोमवार फेरि यूएईसँग खेल्नेछ । प्रतियोगिताका शीर्ष २ टोली फाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते त्रिवि क्रिकेट मैदानमा हुनेछ
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
चैत्र १३, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७