TRENDING
होमपेज
साढे ३ लाखले छाडे काठमाडौं


काठमाडौ । दसैंका लागि साढे ३ लाख मानिसले काठमाडौं उपत्यका छाडेका छन्।
आइतबार घटस्थापनादेखि बिहीबार बिहानसम्म साढे ३ लाख मानिसले काठमाडौं छाडेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र भट्टले जानकारी दिए।
काठमाडौं उपत्यकाका चार वटा नाकाबाट मानिसहरू बाहिरिएका छन्। नागढुंगा, जगाती, फर्पिङ र मुर्खु हुँदै मानिसहरू दसैं मनाउन घर फर्किएका हुन्।
साढे ३ लाख बाहिरिए पनि नाकाहरूमा जाम भने त्यति छैन। पछिल्ला वर्षहरूमा दसैं लागेपछि विशेषगरी नागढुंगा नाकामा जाम हुने गर्थ्यो। ठूलो मालबाहक सवारी साधन, गाडी बिग्रिने समस्याले गर्दा जाम हुने गर्थ्यो।
तर यसपालि धेरै ठूलो जाम नदेखिएको कार्यालयले जनाएको छ। यद्यपि शुक्रबार र शनिबारदेखि भने मानिसहरू बाहिरिनेको संख्या पनि बढी हुने अनुमान गरिएको एसएसपी भट्टले बताए।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७