

काठमाण्डौ । प्रेस काउन्सिल नेपालमा आचारसंहिता उल्लंघनका घटनाबारेका उजुरी बढेको छ । पछिल्लो ३ महिनामा १ सय ३२ वटा उजुरी र जनगुनासो परेका काउन्सिलले जनाएको छ ।
दर्ता भएका उजुरीमध्ये ९३ वटा गालीबेइज्जती र चरित्रहत्या तथा मानहानि, २५ वटा भ्रामक तथा असन्तुलन, २ वटा बार्गेनिङ तथा ४ वटा हुबहु र समाचार चोरीका छन् । अदालतमा विचाराधीन रहेको मुद्दाका विषयमा सामग्री सम्प्रेषण गरेका चारवटा सञ्चार माध्यमलाई न्याय निरुपणमा प्रभाव पार्ने किसिमका सामग्री सम्प्रेषण नगर्नरनगराउन निर्देशन दिइएको काउन्सिलले जनाएको छ ।
किर्ते शैक्षिक प्रमाणपत्रको उजुरीसहित २ जना सञ्चारकर्मीविरुद्ध परेका विभिन्न उजुरीमाथि छानबिनका क्रममा सूचना विभाग र नेपाल पत्रकार महासंघलाई पत्राचार गरी आवश्यक जानकारी लिने निर्णय भएको छ । फोन संवादलाई रेकर्ड गरेको र त्यो सामग्री सञ्चारमाध्यमबाट प्रसारित भएको उजुरीका आधारमा एक जना र सामाजिक सञ्जालबाट सामाजिक सद्भाव खलल पार्ने, साम्प्रदायिक हिंसा फैलाउने किसिमको सामग्री सम्प्रेषण गरेको उजुरीका आधारमा एक जना गरी २ जना पत्रकारलाई सचेत गराइएको काउन्सिलले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७