

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गएको सोमवारदेखि नयाँ नोट सटहीको सुविधा दिएको भने पनि धेरै बैंकहरुले नयाँ नोट नभएको भन्दै फर्काउने गरेका छन् । वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । तर वाणिज्य बैंकहरुले तोकेको शाखाबाट समेत नोट साट्न आनाकानी गर्दै आएका छन् ।
नयाँ नोट साट्न पुगेका सेवाग्राहीलाई बैंकहरुले नोट नभएको भन्दै रित्तै हात फर्काउने गरेका छन् । कतिपय बैंकहरुले राष्ट्र बैंकबाटै पैसा नआएको जवाफ दिने गरेका छन् । तर, नेपाल राष्ट्र बैंकले भने नयाँ नोटको अभाव नभएको र अघिल्ला वर्षझैँ यसपालि पनि बैंक तथा वित्तीय संस्थाहरूलाई पर्याप्त नयाँ नोट दिएको जनाएको छ ।
वाणिज्य बैंकहरुले मागेजति नयाँ नोट उपलब्ध गराएको राष्ट्र बैंकको दाबी छ । तर, नयाँ नोट साट्न बैंक पुगेका धेरै सेवाग्राही भने रित्तो हात फर्कन बाध्य छन् । दशैँमा टीका लगाउँदा दक्षिणा आदान–प्रदान गर्न नयाँ नोट प्रयोग गर्ने चलन छ । राष्ट्र बैंकले एक जनालाई ५, १०, २०, ५० र एकसय रुपैयाँको एक, एक प्याकेट गरी १८ हजार ५ सय रुपैयाँसम्मको नयाँ नोट सटही उपलब्ध गराउने बताएको छ ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७