TRENDING

कोजाग्रत पूर्णिमामा कांग्रेसले चियापान गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले दशैँ, तिहार, नेपाल संवत् र छठ लगायत पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । कात्तिक ११ गते अर्थात् दशैंको कोजाग्रत पूर्णिमाको दिन अपराह्न २ बजेदेखि ५ बजेसम्म कांग्रेसले चियापान कार्यक्रम गर्न लागेको हो ।

कात्तिक ११ गते सानेपास्थित कांग्रेस मुख्यालयमा चियापान कार्यक्रममा सहभागी हुन कांग्रेसले विभिन्न राजनीतिक दल, संघसंस्था र शुभेच्छुकहरुलाई निमन्त्रणा गरिरहेको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले ११ कात्तिकमा कोजाग्रत पूर्णिमाको सन्दर्भमा चियापान कार्यक्रम आयोजना गरिएको बताए ।

कांग्रेसले ०३४ सालदेखि कोजाग्रत पूर्णिमाको दिनमा चियापान गर्न थालेको थियो। जसलाई कांग्रेसले अहिलेसम्म पनि निरन्तरता दिएको छ भने अन्य राजनीतिक दलहरुले समेत यसको सिको गरेका छन् ।