

काठमाण्डौ । आजदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव कमजोर भएको र मनसुन पनि बाहिरिसकेकाले तत्काललाई खासै वर्षाको सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । तर, बेलुकीपख पहाडी क्षेत्रका एक दुई ठाउँमा भने हल्का पानी पर्न सक्ने मौसमविद्को अनुमान छ ।
मनसुन बाहिरिए पनि पश्चिमी वायु सक्रिय हुँदा हिजो र अस्ति पश्चिमी क्षेत्रका धेरै ठाउँमा असिनासहित वर्षा भएको थियो । अन्य पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का मात्रै पानी परेको थियो । असिना पानीका कारण पश्चिमी क्षेत्रमा पाकेको धान तथा तरकारीवालीमा नोक्सानी भएको थियो ।
हिजो अस्तिको वर्षाले चिसो बढाएको छ । देशभरको अधिकतम र न्यूनतम तापक्रम घट्दो क्रममा छ । काठमाण्डौमा हिजोभन्दा आज चिसो छ । आज काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । हिजो १३ दशमलव २ डिग्री सेल्सियस थियो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७