

काठमाण्डौ । वाणिज्य बैङ्कहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । १४ वटा बैङ्कहरुले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका छन् । चारवटा बैङ्कले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् भने दुईवटा बैङ्कले ब्याजदर बढाएका छन् ।
असोज महिनाको तुलनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैङ्क एभरेष्ट बैङ्क रहेको छ । एभरेस्ट बैङ्कले १ दशमलव ८३ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
प्राइम कमर्सियल बैङ्कले १ दशमलव १० प्रतिशतले घटाएर व्यक्तिगततर्फ १० दशमलव २५ प्रतिशत र संस्थागततर्फ ८ दशमलव २५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
नबिल बैङ्कले पनि १ दशमलव ०५४ प्रतिशतले ब्याजदर घटाएको छ । व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
त्यसैगरी नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले १ दशमलव ०२ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ १० दशमलव ०१ प्रतिशत र संस्थागततर्फ ८ दशमलव ०१ प्रतिशत ब्याजदर तोकेको छ ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७