TRENDING
होमपेज
दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम १ अर्ब माथि


काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । १३.१८ अंकले बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकिएको छ । यो ०.७१ प्रतिशतको वृद्धि हो ।
मंगलबार व्यापार, निर्जीवन बीमा, होटल तथा पर्यटन उपसूचकको मूल्य घट्दा अन्य सबै उपसूचकको मूल्य बढेको छ । यसमध्ये सबैभन्दा धेरै फाइनान्स उपसूचकको १.३० प्रतिशतले सेयर मूल्य बढेको छ ।
मंगलबार कुल २८९ धितोपत्रको ४५ हजार ४५६ कारोबारबाट ३८ लाख १३ हजार २३३ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ८४ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार एनआईबीएल प्रगति फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ७.३५ प्रतिशतले कमाए । साथै स्वेतगंगा हाइड्रोपावर, सिद्धार्थ इक्विटी फण्ड, मेगा म्युचुअल फण्ड, मिथिला लघुवित्त वित्तीय संस्थासहितका धितोपत्रको सेयर मूल्य समेत धेरैले बढेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७