TRENDING
होमपेज
डेंगी संक्रमितको संख्या ४० हजार नाघ्यो


काठमाडौ । नेपालमा योवर्ष डेंगी संक्रमितको संख्या ४० हजार नाघेको छ । इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडीको तथ्यांकअनुसार जनवरीयता १६ अक्टोबरसम्म ४० हजार ६३ जना संक्रमित भएका छन् ।
अक्टोबरका १५ दिनमा मात्रै ६ हजार ४६९ जना संक्रमित थपिएका छन् । डेंगीबाट जुलाइयता २० जनाको मृत्यु पुष्टि भएको छ ।
इडीसीडीका अनुसार सबैभन्दा पछिल्लो महिना गण्डकी प्रदेशका तनहुँ र कास्कीमा संक्रमण तीब्र बनिरहेको छ । गण्डकी प्रदेशमा हालसम्म आठ हजार ६०७ जना संक्रमित भएका छन् ।
त्यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ४२१ जना संक्रमित भएको इडीसीडीले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७