

अभिभ । इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीचको द्वन्द्वका कारण गाजा क्षेत्रका ५० हजार गर्भवती आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेको संयुक्त राष्ट्रसंघको प्यालेस्टाइनस्थित जनसांख्यिक कोष यूएनएफपीए ले जनाएको छ । उक्त संस्थाका अनुसार गाजामा यस महिना ५ हजार ५ सय महिलाले बच्चा जन्माएका छन् । यी महिलालाई तत्काल स्वास्थ्य सेवा र सुरक्षाको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ ।
यूएनएफपीएले सामाजिक सञ्जाल एक्समा एक स्टाटस राख्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवता कानुन तथा मानवअधिकारसम्बन्धी कानुन पालना गर्न पनि आग्रह गरेको छ । उक्त संस्थाका निर्देशक डोमिनिक एलेनले अमेरिकी समाचार संस्था सीएनएनसँगको अन्तर्वार्तामा गाजामा स्वास्थ्य सेवा जटिल अवस्थामा रहेको बताएका छन् ।
‘स्वास्थ्य सेवामा आक्रमण भइरहेको छ र संकटको अवस्थामा छ,’ उनले भने, ‘ती महिलाहरू, जसका बारेमा हामी चिन्ता प्रकट गरिरहेका छौं, उनीहरूको कतै जाने ठाउँ छैन ।’ उनीहरूले अकल्पनीय चुनौती भोगिरहनुपरेको निर्देशक एलेनले बताए ।
उनले गाजा क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन पनि सबै पक्षसँग आग्रह गरे । ‘गाजामा मानवीय करिडोर खुला गर्न आवश्यक छ । यस्तै, मानवीय कानुन पनि पालना गर्नुपर्छ । अनि मात्र, गर्भवती तथा सुत्केरीले स्वास्थ्य सेवा प्राप्त गर्नेछन्,’ उनले भने ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७