

काठमाण्डौ । सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बिक्री गर्ने गरी खसीबोका र च्याङ्ग्राको मूल्य तोकेको हो ।
जिउँदो खसी–बोकाको प्रतिकिलो मूल्य ६ सय ८० रुपैयाँ र जिउँदो चाङ्ग्राको प्रतिकिलो मूल्य एक हजार २ सय ६० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यो मूल्यमा कम्पनीले प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ । तर सरकारी स्वामित्वको कम्पनीले छुट दिएको दाबी गरे पनि बजारमा व्यापारीहरुले बिक्री गरिरहेको मूल्यभन्दा किलोमै ३० रुपैयाँ महँगो परेको छ ।
अहिले काठमाण्डौको बजारमा खसीबोका किलोको ६ सय ४० रुपैयाँदेखि ६ सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको व्यापारीहरुले बताएका छन् । च्याङ्ग्रा भने अरु व्यापारीले बिक्री गरिरहेको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तोकेको मूल्य सस्तो छ । व्यापारीहरुले च्याङ्ग्रा किलोको एक हजार तीन सय ५० रुपैयाँमा बिक्री गरिरहेका छन् ।
कम्पनीले यो वर्ष दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा खरिद गरी काठमाण्डौ ल्याएको छ । कम्पनीको थापाथलीमा रहेको कार्यालयबाट आज बिहानदेखि बिक्री शुरु भएको कम्पनीले जनाएको छ ।
यसैबीच पशुसेवा विभागले सिङमा हरियो रङ लगाएको खसिमात्र किन्न उपभोक्तालाई अनुरोध गरेको छ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७