TRENDING
होमपेज
आज पनि केही ठाउँमा वर्षाको सम्भावना


काठमाण्डौ । पश्चिमी वायुको प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
आज पनि केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी क्षेत्रका धेरै ठाउँमा आज पनि पानी पर्ने छ ।
पश्चिमी क्षेत्रमा हिजो र अस्ति रातिको असिना पानीले बालीनालीमा नोक्सानी पुर्याएको छ ।
यस्तै, मध्य र पूर्वी पहाडी क्षेत्रका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकामा पनि आज पानी पर्ने मौसमविद् प्रधानाङ्गले बताउनु भयो। गएराति पनि उपत्यकामा पानी परेको थियो ।
पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेकाले भोलिदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७