

काठमाडौँ । सोमबार सेयर बजारको परिसूचक नेप्से १८५१ अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २३.१६ अंक घटेको हो । दिनभर कुल १ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
२२ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने ३ को स्थिर रहृयो । सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ ९, विकास बैंक ३४, फाइनान्स २०, होटल तथा पर्यटन १००, जलविद्युत् ४०, जीवन बीमा २०७, उत्पादन २९, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा ८९, अन्य १० र ब्यापार उपसमूह ५५ अंक घटे ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत बढ्यो । सुपर माइ हाइड्रोको मूल्य ४ प्रतिशत बढ्यो । सयपत्री हाइड्रोको मूल्य १०, हाथवे इन्भेस्टमेन्टको १० र मिड सोलु हाइड्रोको मूल्य ९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा प्रभु बैंक संस्थापक, हाथवे इन्भेस्टमेन्ट, सिटिजन्स लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७