

काठमाण्डौ । दशैँ शुरु भएसँगै खसीबोका र च्याङ्ग्राको कारोबार शुरु भएको छ । व्यापारीले गाउँठाउँबाट खसीबोका खरिद गरेर सहरबजारमा ल्याउन थालेका छन् भने व्यावसायिक खसीबोका पाल्ने किसानले बिक्री थालेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद सकिएको जनाएको छ । कम्पनीले यस वर्ष २ हजार खसी, बोका र एक हजार च्याङ्ग्रा काठमाण्डौ ल्याएर बेच्ने तयारी गरेको छ ।
आजैदेखि खसीबोका र च्याङ्ग्रा बिक्री थाल्ने कम्पनीले जनाएको छ । कम्पनीले सहुलियत दरमा बेच्ने खसी, बोका र च्याङ्ग्राको मूल्य निर्धारण गर्न भने बाँकी छ । काठमाण्डौ ल्याइएका खसी, बोका र च्याङ्ग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बाग्मती प्रदेशिक कार्यालय थापाथलीबाट बिक्री गर्ने तयारी छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद गरेर बिक्री गरिने खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरिसकेको छ ।
यस्तै, पशु सेवा विभागले आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरेर चिह्न लगाउन शुरु गरेको छ । विभागले काठमाण्डौका विभिन्न ठाउँका बजारमा स्वास्थ्य परीक्षण गरेर स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिह्न लगाउने अभियान शुरु गरेको हो । काठमाण्डौ विभिन्न ११ वटा ठाउँबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया शुरु भएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७