TRENDING

सर्वोच्च अदालतले दशैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्ने

काठमाण्डौ । सर्वोच्च अदालतले दशैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ ।

सर्वोच्च अदालतले सूचना निकालेर कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत प्रशासन बन्द भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहने जनाएको हो।

शनिवार र विजया दशमीका दिनबाहेक अरु दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सनुवाइ गर्न अदालत खुला रहनेछ । अदालतले ती दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि व्यवस्था गरिसकेको छ।