TRENDING
होमपेज
एसीसी १९ वर्षमुनिको प्रिमियर कप : नेपाललाई मात्र ७८ रनको लक्ष्य, बहराइन ७७ रनमै अल आउट


काठमाण्डौ । १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ७८ रनको झिनो लक्ष्य पाएको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ३७ ओभर ५ बलमै ७७ रनमा अल आउट भयो । बहराइनलाई सस्तैमा अल आउट गर्न दीपेश कँडेलले ६ विकेट लिए ।
यस्तै, दुर्गेश थापाले चार विकेट लिए । बहराइनका लागि मोहम्मद बासिल अब्दुल हकिमले ३४ रन जोड्नुबाहेक अरुले दोहोर अङ्कमा रन जोड्न सकेनन् । आजको खेलमा जित निकाले नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको थियो ।
नेपालले आउँदो २ गते साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आउँदो डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् । समूह ुएु मा नेपाल १ खेलमा २ अङ्ककासाथ शीर्ष स्थानमा छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७