TRENDING
होमपेज
काठमाण्डौको न्यूनतम तापक्रम आज २ डिग्री सेल्सियसले घट्यो


काठमाण्डौ । काठमाण्डौको न्यूनतम तापक्रम आज २ डिग्री सेल्सियसले घटेको छ । बिहान काठमाण्डौको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद्ले बताएका छन् ।
हिजो काठमाण्डौको न्यूनतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस थियो । आजको न्यूनतम तापक्रम हिजोको भन्दा २ दशमलव २ डिग्री सेल्सियसले घटेको हो । गएराति काठमाण्डौको तापक्रम हिजो अस्तिको भन्दा चिसो थियो । न्यूनतम तापक्रम अझै घट्ने अनुमान छ ।
आज बादल लाग्ने तथा भोलि र पर्सि धेरैजसो ठाउँमा पानी पर्ने भएकाले तापक्रम घट्ने अनुमान गरिएको हो । न्यूनतमसँगै अधिकतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको मात्रै होइन देशभरकै तापक्रम घट्दो क्रममा छ ।
मौसमविद्ले आउँदो बुधवारदेखि मौसममा सुधार आउने बताएका छन् ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७