TRENDING

गठबन्धन जोगाउन प्रचण्ड र देउवाले गरे कोशीका मुख्यमन्त्रीलाई समर्थन

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ ।

सत्तारुढ गठबन्धनको निर्णयविपरीत कोशी प्रदेशमा नेकपा एमालेको सहयोगमा सरकार बनाउन पुगेका नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले लिखित सहमति गरेका हुन् ।

शनिबार बिहान भएको तीन नेताबिचको छलफलमा लिखित सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सहमतिमा सबैजना सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट रहेको तथा यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने उल्लेख छ ।

कोशी प्रदेशमा कांग्रेसका कोइराला पक्षका केदार कार्कीसहित ८ जना सांसदहरूले विद्रोह गरेर एमालेसँग मिली कार्की मुख्यमन्त्री बनेसँगै प्रधानमन्त्री प्रचण्ड सशंकित बनेका हुन् ।