

काठमाडौ । इजरायलले गाजामा प्यालेस्टाइनीहरूलाई जबरजस्ती खाली गर्न दिएको आदेश कुवेतले अस्वीकार गरेको छ । गाजा पट्टीको उत्तरी भागमा बसोबास गर्ने प्यालेस्टिनी बासिन्दाहरू विरुद्ध जारी गरिएको जबरजस्ती निकासी आदेशलाई कुवेतले ‘स्पष्ट रूपमा अस्वीकार’ गरेको हो । खाडी राज्यको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत त्यस चेतावनी प्रति आपत्तिसमेत जनाएको छ ।
गाजाँको उत्तर भुभागमा रहेका अनुमानित १० लाख प्यालेस्टाइनीहरू सम्भावित इजरायली भू आक्रमण अघि आफ्नो घर छाड्न आदेश र चेतावनी दिए पछि कुवेतले यस्तो प्रतिक्रिया दिएको हो ।
पलायन भएका प्यालेस्टिनीहरूले खतराको सामना गर्नुपरेको छ किनभने तिनीहरू नाकाबन्दी गरिएको इलाकाको दक्षिणतिर गईरहेका छन् । इजरायलले प्यालेस्टाइनी भुमीमा हवाई आक्रमणहरू जारी राखेको छ।
यसअघि अलजजिराले समाचार प्रसारण गरेको थियो कि इजरायली हवाई आक्रमणमा दक्षिणतर्फ जाँदै गरेको आफ्नो काफिलेमा परी धेरै सर्वसाधारण मारिएका छन् ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७