TRENDING
होमपेज
सरकारले सञ्चालन गरेको सुपथ पसलमै चिनी नपाएको उपभोक्ताको गुनासो


काठमाण्डौ । सरकारले चाडपर्वलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमै चिनी नपाएको उपभोक्ताले गुनासो गरेका छन् ।
चामल, तेल, दाल, गेडागुडी, नुन लगायतका सरसामान सजिलै पाइए पनि चिनी पाउन नसकेको उपभोक्ताको गुनासो छ ।
सरकारले गएको आइतवारदेखि सञ्चालनमा ल्याएको सुपथ पसलमा वितरणका लागि राखेको चिनी दुई दिनमै सकिएपछि अभाव भएको हो । कतिपय सुपथ पसलमा चिनी नै छैन भने भएका ठाउँमा चिनी लिनकै लागि घण्टौँ लाइनमा उभिनुपर्ने बाध्यता छ ।
सुपथ मूल्य पसलमा एक जनालाई बढीमा दुई किलोसम्म चिनी दिने गरिएको छ । अन्त बजारमा किलोको १ सय ३० रुपैयाँदेखि डेढसय रुपैयाँसम्म पर्ने चिनी सुपथ पसलमा ९७ रुपैयाँमा पाइन्छ । तर सरकारले सञ्चालनमा ल्याएका सबै सुपथ पसलमा चिनी नहुँदा उपभोक्ता मारमा परेका छन् । बजारमा पनि चिनीको अभाव छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७